विदेश

ट्रम्पले बर्खास्त गरे एफबीआइका निर्देशक

ट्रम्पले बर्खास्त गरे एफबीआइका निर्देशक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच ब्यूरो एफबीआइका निर्देशक जेम्स कोमीलाई बर्खास्त गरेका छन् ।  कोमीलाई पूर्व विदेशमन्त्री एवं ट्रम्पकी राष्ट्रपतीय चुनावकी प्रतिस्पर्धी हिलारी क्लिन्टनको ईमेल छानबिनको मुद्दामा गल्ली गरेको भन्दै पदबाट बर्खास्त गरिएको हो ।

गत साता अमेरिकी कंग्रेस समक्ष कोमीले क्लिन्टन ईमेल प्रकरणबारे गलत सूचना दिएको खबर बाहिर आएको थियो । क्लिन्टनले आफ्नो हारमा कोमीलाई जिम्मेवार ठहर्याएकी थिइन् ।

एफबीआइले कोमीको नेतृत्वमा ट्रम्पको चुनावी अभियान र रुससँगको साँठगाँठबारे लागेका आरोपमाथि अनुसन्धान गरिरहेको थियो । चार वर्ष अघि नियुक्त भएका कोमीको कार्यकाल अझै ६ वर्षको बाँकी थियो ।

विशेष