News

क्यानडामा भीषण बाढी, आपतकालको घोषणा

क्यानडामा भीषण बाढी, आपतकालको घोषणा

वैशाख २७ । क्यानडामा भीषण बाढी आएपछि जनजीवन अस्तव्यस्त भएको छ ।  क्यानडामा पचास वर्षयताकै सबैभन्दा भीषण बाढी आएको क्यानेडियन सरकारी अधिकारीले बताएका छन् ।

क्यानडाको राजधानी क्षेत्र ग्याटिनो र मोन्ट्रियलको बीचमा रहेको क्युबेक प्रान्तमा २ सय किलोमिटर क्षेत्रमा कैयौं नदी र तलाउहरूमा पानी पानी भएको छ । विज्ञहरूले अब यस क्षेत्रको जमिनले पानी सोस्न नसक्ने बताएका छन् ।

क्युबेकमा करिब २ हजर ५ सय र ओन्टेरियोमा ३ सयभन्दा बढी घर बाढीको चपेटामा परेका छन् । सरकारले त्यहाँबाट १ हजार ५ सय मानिसलाई त्यहाँबाट सुरक्षित स्थानमा सार्न आदेश दिइसकेको छ । आइतबारदेखि मोन्ट्रियलमा ४८ घण्टा लामो आपत्काल घोषणा गरिएको थियो । रेडक्रसको सहयोगमा हजारौंलाई स्थानान्तरण गरिएको छ ।

अधिकांश सडक जलमग्न भएका छन् । स्थलमार्ग पूरै जलाम्मे भएपछि स्थानीय बासिन्दा डुंगा र ससाना जहाज प्रयोग गरी सुरक्षित स्थलतर्फ लागेका छन् । गत बाढी पीडितको सहायताका लागि १ हजार ६ सय ५० सैनिकलाई तैनाथ गरिएको छ । आइतबारसम्म १ हजार २ सय सैनिक खटिएकोमा थप सैनिक खटाउनुपरेको सेनाले बताएको छ । उद्धारका लागि सेनाका हेलिकोप्टर र डुंगा तयारी अवस्थामा राखिएको छ ।

कञ्चनपुर विद्यार्थी सङ्गठन

विशेष