विदेश

चुनावको बीचमा बजेट ल्याउन मिल्छ, मतगणना रोकिदैनः प्रमुख आयुक्त यादव

चुनावको बीचमा बजेट ल्याउन मिल्छ, मतगणना रोकिदैनः प्रमुख आयुक्त यादव

वैशाख–२७ । निर्वाचन आयोगले निर्वाचनको बीचमा बजेट ल्याउन मिल्ने बताएकोछ । बुधबार राजधानी आयोजित साक्षात्कारमा आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादबले मतदाता प्रभाव पार्ने कार्यक्रम नराखी बजेट ल्याउन समस्या नरहेको स्पष्ट पारे । उनले भने, ‘बजेट ल्याउन नमिल्ने भनेको होइन, आचारसंहिताविपरीत मतदाता आकर्षित गर्ने नयाँ नयाँ कार्यक्रम राखेर बजेट ल्याउन पाइँदैन मात्रै भनेका हौं ।’ प्रमुख आयुक्त यादवले बैशाख ३१ को निर्वाचन लगत्तै मतगणना हुने जानकारी पनि दिए । मतगणना रोकेर राख्न नसकिने उनले दोहोर्याए । जेठ ३१ कालागि तोकिएको निर्वाचनको मिति अगाडि सर्ने सम्भावनाबारे पनि उनले स्पष्ट पारेका छन् । प्रमुख आयुक्त यादवले जेठ ३१ को तयारीमा आयोग रहेकोले सोही मितिमा निर्वाचन हुनेछ । सरकारले जेठ १५ तिर नै गर्नुपर्छ भन्यो भने त्यो असम्भव हुने उनले बताए ।

अस्ट्रेलिया

विशेष