विदेश

फेसबुकलाई अस्ट्रेलियन अदालतले दियो ठूलाे झड्का

फेसबुकलाई अस्ट्रेलियन अदालतले दियो ठूलाे झड्का
वैशाख - २७ । अस्ट्रेलियाको एक अदालतले सामाजिक सञ्चाल फेसबुकमा आउने भड्काउजन्य टिप्पणी (कमेन्ट) हटोउन आदेश दिएको छ । अस्ट्रेलियास्थित भियान राज्यको एक अदालतले भड्काउजन्य टिप्पणी तथा पोस्टलाई फेसबुकबाट तत्कालै हटाउन आदेश दिएको हो । अदालतले अस्ट्रेलियन ग्रीन पार्टीको मुद्दाको सुनुवाइका क्रम सो आदेश दिएको हो । ग्रीन पार्टीमाथि एक फेक एकाउन्टबाट गलत टिप्पणी गरिको थियो । यही विषयलाई लिएर सो पार्टीले अदालतमा अपिल गरेको हो । ग्रीन पार्टीकी नेता इवा ग्लाविशनिगलाई लक्षित गरेर सम्प्रेसण गरिएको टिप्पणी तथा पोस्टलाई अटाउन त्यहाँको अदालतले फैसला गरेको हो । साथै अदालत संसार भरी कै यस्ता टिप्पणीलाई हटाउन पनि आदेश दिएको हो । ग्रीन पार्टीका वकिल डिटर ब्रान्शले भने, ‘फेसबुकले एक प्लेटफार्म भनेर यस्ता क्रियाकलापबाट बच्न सक्दैन, उसले आफ्नो जिम्मेवारी पनि पूरा गर्नु पर्दछ ।’ सामाजिक संजाल प्रयोगकर्ताले अदालतको यो आदेशलाई आफ्नो जीत मान्दै संदेशलाई अनलाइन ट्रोलिंग गरेका छन् ।
अदालतको यो आदेशले फेसबूकलाई ठूलो असर पर्न सक्छ किनकि आदेश अनुसार फेसबूकले अस्ट्रेलियामा मात्र होइन विश्वभरी कै यस्तो पोस्ट तथा कमेन्ट हटाउने आदेश दिएको हो । तर, फेसबूकले भने यस आदेशको कुनै प्रतिक्रिया दिएको छैन । फेसबूक, गूगल, टवीटरलगायतका सामाजिक संजालले यस्ता भड्काउजन्य टिप्पणीका कारण धेरै समस्या खेप्नु परेको छ । अघिल्लो महिना जर्मनीका मन्त्रीले गलत पोस्ट र टिप्पणी नहटाउने सामाजिक संजाल संचालक कम्पनीहरु ५० मिलियन यूरो गरिवाना गर्ने प्रावधान प्रस्ताव गरेका छन् । फेसबूकले केही समय पहिला बाल शोषण, अश्लिल टिप्पणी तथा पोस्टलाई रोक्नका लागि करिब तीन हजार कर्मचारी थप गर्न लागेको जानकारी दिएको थियो । त्यस्तै सर्च इन्जिन गूगलले पनि भड्काउ टिप्पणीलाई रोक्नका लागि नयाँ तरिका पनाउने जनाउ दिएको छ । ब्रिटेनका कन्जर्भेटिभ पार्टीका सांसद डेमियन कालिन्सले जून ८ मा हुन लागेको आम निर्वाचनका समयमा गलत खबरलाई रोक्न फेसबूकलाई आग्रह गरेका थिए । २० वास्तविक समाचारभन्दा २० गलत समाचार वढी शेयर भएको कुरा उनले एक अन्तरवार्ताका क्रममा भनेका थिए

नरेन्द्र मोदी श्रीलङ्का

विशेष