श्वेता खड्काको चलचित्र क्षेत्रमा पूनरागमन

श्वेता खड्काको चलचित्र क्षेत्रमा पूनरागमन

वैशाख २७ । चलचित्र ‘कोहीनूर’ पछि मिडियाबाट बिलकुल टाढा रहेकी नायिका श्वेता खड्कालाई दर्शकले फेरि पनि पर्दामा देख्ने भएा छन् । ‘कोहीनूर’ रिलिज हुनु पूर्व श्रीकृष्ण श्रेष्ठ र श्वेताको विवाह भएको थियो । विवाहको एक महिना नबित्दै श्रीकृष्णको निधन भएपछि झण्डै दुई वर्षसम्म श्वेता शोकमै रहिन् । मिडियाबाट बिलकुल टाढा रहेकी उनी अहिले सामाजिक कार्यहरुमा सक्रिय हुन थालेकी छिन् । अब चाँडै नै दर्शहरुले उनलाई चलचित्र ‘कान्छी’ मा देख्न पाउने भएा छन् । उक्त फिल्ममा दयाह्याङकी कान्छी बनेर भूमिका निभाउन लागेकी छिन् । फिल्मलाई ‘कोहीनूर’ निर्देशक आकाश अधिकारीले निर्देशन गर्दै छन् भने श्वेता आफैँले निर्मण गर्दै छिन् । फिल्ममा अर्की नायिका नम्रता साप्कोटा पनि पक्का भइसकेकी छिन् । ‘छक्का पञ्जा’ मा प्रियंका कार्की र वर्षा राउतको छायाँमा ओझेल परेकी नम्रता ‘कान्छी’ मा करियर चम्किनेमा विश्वस्त छिन् ।

संम्बधित खबर

विशेष