बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु

बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु

वैशाख - २७ । आइतबार हुने स्थानीय तह चुनावमा बिहीबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यसपछि चुनाव प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मौन अवधिमा फेसबुक र एसएमएसमार्फतसमेत भाेट माग्न पाइने छैन । याे समयमा भाेट मागे अाचारसंहिता विपरित अायाेगले बताएकाे हाे । बिहीबार राति १२ बजेदेखि घरदैलो, आमसभा, र्‍यालीसहित सामाजिक सञ्जालमार्फत गरिने सबै प्रकारका प्रचारमा राेक लगाउने अायाेगले जनाएकाे छ । मौन अवधिमा कसैले फेसबुक तथा एसएमएसमार्फत भोट मागेको भेटिएमा कारवाही हुने छ ।

संम्बधित खबर

विशेष