विदेश

भारतः ट्रक र अटो रिक्सा एक अापसमा ठोकिदा ८ को मृत्यु

भारतः  ट्रक र अटो रिक्सा एक अापसमा ठोकिदा ८ को मृत्यु

नयाँदिल्ली: भारतको उडिसा प्रदेशमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएका छन् ।

जगदिशपुर जिल्लाको चन्डोलमा ट्रक र अटो रिक्सा एक आपसमा ठोक्किदा सो दुर्घटना भएको बरिष्ठ प्रहरी अधिकारीले जानकारी दिएका छन् । 'पीडित एक धार्मिक कार्यक्रममा सहभागी भएर अटो रिक्सामा फर्किदै थिए,' प्रहरी अधिकारी राजनीकान्त मिश्रले बताए ।

उक्त दुर्घटनामा सात जनाको घटनास्थलमै मृत्यु भएको उनले बताए । घाइतेहरुमध्ये दुई जनाको अस्पतालमै गम्भीर अवस्थामा उपचार भइरहेको उहाँको भनाइ छ । भारतमा यस्ता सवारी दुर्घटनाहरु अत्याधिक हुने गरेका छन् । यो संसारकै सबै भन्दा धेरै दुर्घटना हुने देशमा पर्दछ ।

एक तथ्याङ्कअनुसार भारतमा दैनिक चार सय जनाको सवारी दुर्घटना कै कारण मृत्यु हुने गरेको छ । पर्याप्त मर्मत नगरेको सवारी साधन, विग्रेको बाटो र चालकको लापर्बाहीका कारण यती धेरै दुर्घटना हुने गरेको अधिकारीको भनाइ छ । सिन्ह्वा

विशेष