विदेश

भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु, १२ घाइते

भारतमा भएको सडक दुर्घटनामा १९ को मृत्यु, १२ घाइते

 

नयाँदिल्ली: उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ ।

मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारकर्मीलाई बताएका छन् ।

यस घटनामा ज्यान गुमाएका मध्ये नौ जना एउटै परिवारका भएको बताइएको छ । उनीहरु राजस्थानको एउटा चर्चित मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका थिए ।सबै शव पानीबाट बाहिर निकालिएको छ । मृत्यु हुनेमा दुई जना बालबालिका समेत रहेका छन् ।

त्यसैबीच भारत कै पश्चिमी प्रदेश महाराष्ट्रमा भएको अर्को सवारी दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । स्थानीय समयानुसार विहान ०५ः३० बजे दुर्घटनामा परेको निजी यात्रुबहाक बस प्रदेशको राजधानी मुम्बइबाट लाटुर तर्फ जाँदै थियो । बिड जिल्लाको धनोरा गाउँमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारी महेश टकले जानकारी दिए ।

बस तिव्रगतिमा भएकाले चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको उनले बताए। मृत्यु भएका सबै जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई स्थानीय अहमेद नगर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । सिन्ह्वा

road accident

विशेष