News

भरतपुर प्रकरणको मुद्दा सर्वोच्चद्वारा हेर्न नभ्याइएको सूचीमा

भरतपुर प्रकरणको मुद्दा सर्वोच्चद्वारा हेर्न नभ्याइएको सूचीमा

काठमाडौंः भरतपुर घटनासम्बन्धी सर्वोच्चमा परेको मुद्दा आइतबार टुंगो लाग्न सकेन । महानगरपालिकामा मतपत्र च्यातिएपछि पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दा १७ औं नम्बरमा परेकाले आज हेर्न नभ्याइएको हो ।

न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलासमा राखिएको भरतपुर प्रकरणको पेशी हेर्न नभ्याइनको सूचीमा परेको छ । सो मुद्दा थप केही दिन विचारधिन रहने छ ।

पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध एमालेका १९ नम्बर वडा सदस्यका उम्मेदवार गुन्जमान विश्वकर्मा सहितले सर्बोच्चमा रिट दायर गरेका थिए । एमालेले भरतपुर १९ को पुनः मतगणना माग गरिरहेको छ ।

विशेष