‘पिरती आफै हुदो रहेछ’ की सर्जक कुसुम गजमेरको निधन
मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, पिरती आफै हुँदोरहेछ लगायतका दर्जनौं अजर गीतकी स्रष्टा कुसुम गजमेरको निधन भएको छ । वरिष्ठ संगीतकार रञ्जित गजमेरकी धर्मपत्नी कुसुमको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
नेपाली चलचित्र पिरती, सम्झना, चिनो, कुसुमे रुमाल, लाहुरे, चिनो , बाँसुरी, दुई थोपा आँसु, अपराध ,दक्षिणा लगायतका चलचित्रमा गीत लेखेकी थिइन् ।
लिभरमा देखिएको समस्याका कारण मुम्बईमा उपचार गराउने क्रममा उनको मृत्यु भएको थियो । जन्म भारतको दार्जिलिङमा भएको थियो । दार्जिलिङमा जन्मेर पनि उनले नेपाली कला क्षेत्रका लागि योगदान दिएकी छिन् ।