News

कम्बोडिया उडिन् सुजाता कोईराला

कम्बोडिया उडिन् सुजाता कोईराला

जेठ १८  कम्बोडियामा हुने संसदीय निर्वाचनको अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा नेपाली काँग्रेस नेत्री तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला कम्बोडिया प्रस्थान गरेकी छन् ।

कम्बोडियाको परराष्ट्र मन्त्रालयको निमन्त्रणामा यही जुन २ देखि ५ तारिखसम्म हुन लागेको संसदीय निर्वाचनमा भाग लिन उनी आज अपराह्न त्यसतर्फ गएकी हुन् ।

नेत्री कोइराला एसियाली राजनीतिक दलहरुको सम्मेलन (आइक्याप)को सदस्यका रुपमा त्यसतर्फ गएकी हुन् ।

नेत्री कोइराला कम्बोडियामा रहँदा त्यहाँका प्रधानमन्त्री सम्देक तथा विभिन्न राजनीतिक दलका नेतासँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।

विशेष