News

भरतपुरमा च्यातिएको मतपत्रको संख्या पत्ता लगाउन गणनास्थलको ताला खोलियो

भरतपुरमा च्यातिएको मतपत्रको संख्या पत्ता लगाउन गणनास्थलको ताला खोलियो

जेठ १८ । भरतपुर महानगरपालिकाको मतगणनामा माओवादी केन्द्रका कर्मचारीले मतपत्र च्यातेको विषयमा निर्वाचन आयोगले च्यातिएका मतपत्रको संख्या पठाउन मुख्य निर्वाचन अधिकृतलाई बुधबार निर्देशन दिएका थियो । निर्देशनसँगै मतगणना स्थगित गरेर गणनास्थलमा लगाइएको ताला खोलेर च्यातिएको मतपत्र यकिन गर्ने काम सुरु भएको छ ।

आयोगले बुधबार भरतपुर महानगरपालिकामा प्रमुख, उपप्रमुख र सम्बन्धित वडामा उम्मेदवारी दिएका उम्मेदवार वा निजका एकएक जना प्रतिनिधि, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रहरी कार्यालयका प्रमुख समेतको रोहवरमा खोली गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्रको संख्या यकिन गर्न भनेको थियो ।

सोही निर्देशन अनुरुप सबै प्रतिनिधिको रोहवरमा गणनास्थलमा लगाइएको ताला खोलिएको हो । मतगणना स्थगित भएसँगै गणनास्थलमा आयोग र एमाले प्रतिनिधिले छुट्टाछुट्टै ताला लगाएका थिए । गणनास्थलको ताला खोलेर च्यातिएको मतपत्रको संख्या यकिन गर्ने काम सुरु भएको छ ।

 

bharatpur matagadana

विशेष