News मुख्य समाचार

रातभरमा हनुमन्ते खोला फर्काइयो

रातभरमा हनुमन्ते खोला फर्काइयो


जेठ २८ । हनुमन्ते खोलाको प्राकृतिक बहाब फर्काउन रातभर ५ वटा स्काभेटरले खाडल खनेपछि विवाद उत्पन्न भएको छ ।

अदालत र नगरपालिकाको आदेश विपरीत हनुमन्ते खोलामा शुक्रबार रातभर खनेको खाल्डो पुर्न गएका मध्यपुरथिमि नगरपालिकाका नवर्निवाचित नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, कार्यकारी अधिकृत कमल ज्ञवालीलगायत स्थानीयबासिन्दा र खोला फर्काउने पक्षबीच शनिबार झडप भएको छ ।

गत वर्ष जेठमै मध्यपुरथिमी नगरपालिकाको नेतृत्वमा स्थानीयले (साविक मध्यपुरथिमी १५, र अनन्तलिंगेश्वर २ र ५ हाल सूर्यविनायक ३ र मध्यपुरथिमि नगरपालिका ३ को सिमाना स्थित हनुमन्ते खोला फर्काउन खनेको खाल्डो पुरिएको थियो ।

साविक मध्यपुरथिमी, अनन्नलिंगेश्वर नगरपालिकाका कार्यकारीहरू, पूर्वजनप्रतिनिधि, सर्वदलिय राजनैतिक संयन्त्रका प्रतिनिधिहरूको संयुक्त बैठकले पटकरपटक खोला फर्काउन नदिने निर्णय गरेको थियो । स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १६५ अनुसार खोला क्षेत्रको विवादास्पद जग्गा नगरपालिकाको स्वीकृति बिना निर्माण, जमिन कटानलगायत कार्य नगर्नरनगराउन सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । उक्त नियम विपरीत मकैबारीको बीचबाट करिब तीन सय मिटर खाल्डो खनेर खोला फर्काउने प्रयास गरेपछि हनुमन्ते खोला संरक्षण समितिको नेतृत्वमा स्थानीयले शनिबार अरनिको राजमार्ग बन्द गरेर विरोध गरेका छन् ।

खोला फर्काउने पक्षले भने जग्गाको संरक्षण गर्न खोला फर्काएको दाबी गरेका छन् । ‘०२१ सालको नापी अनुसार खोला बग्नुपर्छ’, सूर्य्विनायक नगरपालिका ३ वडाका नवर्निवाचित अध्यक्ष एवं जग्गाधनी शिवशरण खत्रीले भने, ‘लालपुर्जा भइकन पनि आफ्नो जग्गाको संरक्षण गर्न नपाएका पीडितले जग्गा पाउनुपर्छ ।’ खोलाको विषय राजनीतिसँग पनि जोडिएकाले पटकरपटक विवाद हुँदै आएको नेपाली कांग्रेसका मेयरका प्रत्यासी एवं स्थानीयबासी विष्णुराज कार्कीले बताए ।
करिब ६ वर्षदेखि खोला फर्काउने प्रयास हुन थालेपछि सार्वजनिक जग्गा संरक्षणका लागि मध्यपुरथिमीका बासिन्दाले ‘हनुमन्ते खोला सरोकार समिति सुन्दर नगर’ गठन नै गरी प्रतिकार गरिरहेका छन् । खोला फर्काउने पक्षले हनुमन्ते खोलाको प्राकृतिक बहाब फर्काउन पटकरपटक स्काभेटरको प्रयोग गरी विवाद सिर्जना गरेको स्थानीयको गुनासो छ । मध्यपुरथिमी र सूर्य्विनायकको सिमानामा पर्ने हनुमन्ते खोला फर्काएर सार्वजनिक जग्गा आफ्नो बनाई प्लटिङ गरी व्यापार गर्न डोजर लगाई माटो थुपार्ने, ढुंगा थुपार्ने कार्य गरेको स्थानीयबासिन्दा बताउँछन् ।

खोला फर्काउने प्रयास विरुद्ध तीन वर्षअघि परेको रिटमा सर्वोच्च अदालतले तत्काल खोला फर्काउने कार्य नगर्नुरनगराउनु भन? नगरपालिकालाई अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको आदेशलाई उल्लंघन गर्ने कार्य भएको समितिका अध्यक्ष विजय श्रेष्ठले बताए । अदालत, गृह मन्त्रालय र दुई नगरपालिकाको आदेश विपरित पटकरपटक खोला फर्काउने प्रयास भएको छ ।

हनुमन्ते खोला किनारस्थित ब्लक कारखानाले वर्षौंदेखि खोलाको करिब ७ रोपनी जग्गा ओगटेर अवैध रुपमा कारखाना सञ्चालन गरेको छ । वर्षौदेखि सार्वजनिक जग्गा अतिक्रमण गरी ब्लक कारखाना खोलेर बसेका सञ्चालकलाई नगरपालिकाले हटाउन भने सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले खोला विवादको विषयमा जानकारी नभएको दाबी गरेको छ । आइतबार मध्यपुरथिमि नगरपालिकासँगको बैठकले हनुमन्ते खोलाको विवाद के हो र समाधान के हुन्छ भन्ने विषयमा निक्र्यौल गरिने जानकारी प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले दिए ।

मध्यपुरथिमि नगरपालिकाले भने खोला संरक्षणको लागि पर्खाल लगाउने निर्णय गरेको छ । मध्यपुरथिमि नगर कार्यपालिकाको आकस्मिक बैठकले प्राकृतिक रुपमा बगिरहेको खोलामा नगरपालिकाको क्षेत्राधिकार भित्र ढुंगाको मेसिनरी पर्खाल लगाई स्थायी संरचनाको निर्माण गर्ने निर्णय भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । उक्त कार्यका लागि २६ औं नगरपरिषद्बाट आकस्मिक आयोजना संचालन गर्न विनियोजित बजेटबाट खर्च गर्ने निर्णय भएको छ । नगरपालिकाले पर्खाल निर्माणको लागि तत्काल लगत इष्टिमेट, डिजाइन गरी विनियोजित बजेटभन्दा वढि लागत रकम लाग्ने देखिएमा अन्य शीर्षकबाट रकमान्तर गरेर समेत उक्त कार्य यसै आर्थिक वर्ष्भित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाले अनधिकृत रुपमा रातीको समयमा खोला फर्काउँदा स्थानीय प्रशासन र प्रहरीबाट सहयोग नपाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

कान्तिपुर

विशेष