भरतपुरमा ९० वटा मतपत्र च्यातिएको पहिचान
जेठ १८ चितवनको भरतपुर महानगरपालिकामा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। मत गणनाको क्रममा मतपत्र च्यातिएपछि सुरु भएको विवाद सुल्ट्याउन च्यातिएको मतपत्रको संख्या पहिचान गरिएको हो।
निर्वाचन आयोगले हिजोमात्रै भरतपुरका प्रमुख निर्वाचन अधिकृतलाई च्यातिएको मतपत्रको संख्या पत्ता लगाउन निर्देशन दिएको थियो। जेठ १४ गते राति वडा नम्बर १९ को मतगणना जारी रहँदा मत पत्र च्यातिए पछि मतगणना कार्य अहिलेसम्म सुरु हुन सकेको छैन।