News

धरौटीमा छुटे मतपत्र च्यात्ने यी दुई माओवादीका कार्यकर्ता

धरौटीमा छुटे मतपत्र च्यात्ने यी दुई माओवादीका कार्यकर्ता

जेठ १८ । भरतपुर महानगरपालिकामा मतपत्र च्यात्ने दुई जना माओवादीका कार्यकर्ता धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत चितवनले जेठ १४ गते मध्यरात मतगणना भइरहेका बेला मतपत्र च्यातेको अभियोगका पक्राउ गरेका माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण सिवाकोटीलाई जनही १ लाख धरौटीमा रिहा गरेको छ ।

उनीहरुलाई मतगणनास्थलमै प्रहरीको पक्राउमा परेका थिए । न्यौपाने वाइसीएलका जिल्ला अध्यक्ष हुन् भने शिवाकोटी महाधिवेशन आयोजक समिति सदस्य हुन् ।

मतगणना भइरहेको अवस्थामा मतपत्र नै च्यात्ने र जवरजस्ती गर्नेलाई एक लाख रुपैयाँ जरिबाना र २ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । तर, यतिबेला मतपत्र च्यात्नेलाई हुने कारबाहीको पनि निर्णय भइसकेको छैन ।

भरतपुर मतगणाना

विशेष