News

हेर्दाहेर्दैमा राखियो आइजीपी मुद्दा, सुनुवाई असार १ गते हुने

हेर्दाहेर्दैमा राखियो आइजीपी मुद्दा, सुनुवाई असार १ गते हुने

जेठ १८ । प्रहरी नायब महानिरीक्षक (डीआइजी) नवराज सिलवालको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतले आज बिहीबार हेर्दा हेर्दैमा राखेको छ । बहस नसकिएपछि आइजीपी प्रकरणलाई हेर्दाहर्दैमा राखिएको हो ।

उक्त मुद्दाको सुनुवाइका लागि बिहीबार बृहत इजलास गठन भएको थियो । बिहीबार ७ जना न्यायाधीशको वृहत पूर्ण इजलासमा बहस शुरु भएकोमा हेर्दा हेर्दैको अवस्थामा राखिएको हो । नवराज सिलवालको मुद्धाको सुनुवाई अब असार १ गते हुनेछ ।

बिहीबार बरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका थिए । वृहत पूर्ण इजलासमा न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी छन् ।

लामो समयदेखि सर्वोच्च अदालतमा अड्किएको प्रहरी महानिरीक्षकको मुद्दामा धेरैको चासो छ । सरकारले प्रकाश अर्याललाई आईजीपी बनाएपछि डीआईजी सिलवाल अदालत गएका थिए । तर, अन्तरिम आदेश दिन मानेको थिएन ।

 

Nawaraj Silwal

विशेष