News

जनावरका लागि रुकुमका जंगलमा ८४ वटा पोखरी निर्माण

जनावरका लागि रुकुमका जंगलमा ८४ वटा पोखरी निर्माण

जेठ १८ । पानी खान नपाएर जंगली जनावरको मृत्यु हुन थालेपछि त्यहाँका जंगलमा पोखरी निर्माण गरिएको छ ।

जिल्ला समन्वय समितिअन्तर्गत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा जिल्लाका मग्मा, दुली, घेत्मा, पूर्तिमकाँडा, अर्मा, रुकुमकोट, चौखावाङ र चनुवाङका विभिन्न जंगलमा ८४ वटा पोखरी निर्माण गरिएको हो ।

खानेपानी अभावका कारण जंगलमा जनावरको मृत्यु हुन थालेपछि त्यहाँस्थित सिम्सार क्षेत्र र पानीको स्रोत सानो भएको ठाउँमा उक्त पोखरी निर्माण गरिएको नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रममा जिल्ला संयोजक भक्त भण्डारीले बताए ।

pokhari nirman

विशेष