अफगानी ‘कमाण्डो’द्वारा अमेरिकी दुई सैनिकको हत्या
जेठ २८ । अफगानिस्तानको एक सैनिकद्वारा गठबन्धन सेनाका दुई अमेरिकी अधिकारीमाथि शनिबार गोली प्रहार गरी हत्या गरेका अफगानी सुरक्षा स्रोतले जनाएको छ ।
इस्लामिक स्टेट आइएस समूहको प्रभाव क्षेत्र नान्गाहार प्रान्तमा कार्यरत संयुक्त सैन्य कारबाहीका लागि तैनाथ गरिएको सो सैनिक समूहका एक सहयोद्धाबाट अचिन जिल्लामा आक्रमण हुँदा दुईजना अमेरिकी सेनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
घटनापछि आफ्नै सहकर्मीमाथि आक्रमण गर्ने आक्रमणकारी अफगानी सेनाको पनि जवाफी कारबाहीमा मृत्यु भएको छ ।