News

आज विश्व बालश्रम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

आज विश्व बालश्रम दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

 जेठ २९ । १६ औँ विश्व बालश्रम दिवसको अवसरमा आज प्रभातफेरिको आयोजना गरिएको छ ।

श्रम विभागको नेतृत्वमा आयोजित सो प्रभातफेरि तीनकुनेबाट सुरू भएर नयाँ बानेश्वार, थापागाउँ हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।

‘द्वन्द्व र विपद्मा बालबालिकालाई बालश्रमबाट मुक्त गरौँ’ भन्ने मूल नाराका साथ विश्वभरि मनाइएको विश्व बालश्रम दिवसको अवसरमा आयोजित र्यालीमा सहभागीले ‘बालश्रम अन्त्य गरौँ’, ‘बालबालिकालाई माया गरौँ’ र ‘बालबालिका भविष्यका कर्णधार हुन्’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

सो अवसरमा विभागका महानिर्देशक भुवन आचार्यले बालश्रम अन्त्यका लागि चेतनामार्फत घरघरबाट सबैले पहल गर्नुपर्नेमा जोड दिए  ।

 

विशेष