विदेश

चिनियाँ विमान अस्ट्रेलियामा आकस्मिक अवतरण

चिनियाँ विमान अस्ट्रेलियामा आकस्मिक अवतरण

 

सिड्नीः चाइना इस्टर्न विमान सेवाको यात्रुबाहक विमानमा खराबी देखिएपछि सिड्नी विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।  विमानको इन्जिङगमा ठूलो प्वाल देखा परेपछि ठूलो आवाज आएको यात्रुले जनाएका थिए । त्यसपछि उक्त विमान अस्ट्रेलियाको सिड्नीमा आकस्मिक अवतरण गरेको हो ।

सिड्नीबाट चीनको साङ्घाईका लागि आइतबार ८ः३० बजे उडेको सो विमान उड्नासाथै विमानको इन्जिनमा खराबी देखिएको हो । आकस्मिक अवतरणका क्रममा पनि डराएका यात्रुहहरु निकै ठूलो आवाजले कराएका बताइएको छ ।उक्त विमानमा सवार रहेका कोही पनि यात्रु घाइते नभएका बताइएको छ । चालक दलका सदस्यले विमानको इन्जिनमा ठूलो प्वाल फेला पारेका थिए । एएफपी

विशेष