News ताजा खबर

संसद् तीन साता स्थगित

संसद् तीन साता स्थगित

जेठ २९ । व्यवस्थापिका संसद्को बैठक तीन साताका लागि स्थगित भएको छ । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सांसदहरू जिल्ला जानुपर्ने भन्दै संसद् लामो समय स्थगित गरिएको हो ।

संसद् स्थगित गर्न राष्ट्रिय जनता दललाई चुनाव चिह्न दिनेगरी सरकारले ल्याएको विधेयक आइतबार नै तीनवटा बैठक राखी पारित गरिएको हो । प्रमुख दलका प्रमुख सचेतकहरूसँगको परामर्शपछि सभामुख ओनसरी घर्तीले बैठक लामो समय स्थगित गर्नुभएको हो ।

गत शुक्रबार नै बैठक असार १८ सम्म स्थगित गर्ने सभामुखको तयारी भए पनि स्थानीय तह शासन सञ्चालन विधेयक दफावार छलफलको प्रक्रियामा पठाएर स्थगितको तयारी भएको थियो । तर, सरकारले राजपालाई चुनाव चिह्न दिनेगरी आइतबार नै नयाँ विधेयक ल्याएपछि उक्त विधेयक पारित गरेर बैठक स्थगित भएको हो ।

बजेटसम्बन्धी विधेयक पनि संसद्मा पेस हुने चरणमा छ । यस्तै, संसद्मा स्थानीय तह शासन सञ्चालन लगायतका महत्वपूर्ण विधेयक विचाराधीन छन् ।

विशेष