विदेश

कंगोको कारागारमा बन्दुकधारीको आक्रमण, ११ जनाको मृत्यु, ९०० कैदी फरार

कंगोको कारागारमा बन्दुकधारीको आक्रमण, ११ जनाको मृत्यु, ९०० कैदी फरार

जेठ २९ । प्रजातान्त्रिक गणतन्त्र कंगोको एक कारागारमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

कंगोको उत्तरी क्षेत्रस्थित किबु प्रान्तको एक कारागारमा बन्दुकधारीको आक्रमणपछि ९ सयभन्दा बढी कैदीबन्दी भागेका छन् ।  कारागारमा आक्रमण गर्नेहरुले ठूला हतियार प्रयोग गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएका छन् ।

आक्रमणमा ज्यान गुमाउनेमध्ये ८ जना कारागारको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी हुन् । कसले आक्रमण गर्‍यो भन्ने खुल्न सकेको छैन । कंगोको राजधानी किनशासामा गत महिना पनि कारागारबाट झन्डै चार हजार कैदीबन्दी भागेका थिए ।

विशेष