व्यापार

लिच्ची उत्पादनमा कमी, मूल्य भने बढ्यो

लिच्ची उत्पादनमा कमी, मूल्य भने बढ्यो

जेठ २९ । हरेक वर्ष लिच्ची बिक्रीबाट राम्रो आम्दानी गरिरहेका धादिङका किसान यो वर्ष भने सोचेजस्तो लिच्ची उत्पादन नभएपछि चिन्तित भएका छन् ।

फूल फुलेर दाना लाग्ने समयमा परेको असिना–पानीका कारण लिच्चीको दाना सानैमा झरेर सखाप भएपछि आम्दानी घट्ने भयले किसान चिन्तित भएका हुन् ।

यो वर्ष लिच्ची उत्पादनमा कमी आएसँगै मूल्य भने वृद्धि भएको छ । गत वर्ष प्रतिकिलो १०० रुपैयाँमा बिक्री भएको लिच्ची यो वर्ष भने १५० रुपैयाँसम्म बिक्री भएको छ ।

धादिङमा केही वर्षअघिदेखि व्यावसायिकरुपमा लिच्ची उत्पादन गर्दै आएका किसानले एकै सिजनमा ७ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका थिए । यो वर्ष भने आम्दानी निकै घट्ने सम्भावना रहेको किसानहरु बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालयले धादिङको नीलकन्ठ नगरपालिकास्थित जयन्तीडाँडा, शिद्धलेक गाउँपालिकाको नलाङ, कुम्पुर र धुनीबेसी नगरपालिकाको जीवनपुरलगायतका स्थानलाई लिच्चीको पकेट क्षेत्र घोषण गरी किसानलाई सहयोग गर्दै आएको छ ।

विशेष