अठृाइस जना मतदाता कालोसूचीमा

जेठ ३० । विभिन्न क्षेत्र, राज्यबाट कसुरदार ठहरिएका जिल्लाका २८ जना मतदाता कालोसूचीमा परेको निर्वाचन आयोगको कार्यालय, दाङले जनाएको छ ।
कालोसूचीमा परेकाले मतदान गर्न पाएपनि कुनैपनि सार्वजनिक पदधारणका लागि उम्मेदवारी दिन नपाउने जिल्ला प्रशासन कार्यालय, दाङका लेखा अधिकृत बालचन्द्र गौतमले जानकारी दिएका छन् ।
कालोसूचीमा पर्नेमा तुलसीपुर उपमहानगरपालिकामा १५ जना, घोराही उपमहानगरपालिकामा आठजना बङ्गलाचुली गाउँपालिकामा दुईजना, राजपुर गाउँपालिकामा एकजना, शान्तिनगर गाउँपालिकामा एकजना र लमही नगरपालिकामा एकजना रहेका निर्वाचन कार्यालयले जनाएको छ ।
dang