News अपराध सुरक्षा

काठमाडौंमा चाेरी चितवनमा पक्राउ

काठमाडौंमा चाेरी चितवनमा पक्राउ

जेठ ३० । काठमाडौंबाट नगद र जिन्सी चोरी गरेर फरार भएका दुई जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप मन्थली घर भएका २२ वर्षीय रामकुमार अधिकारी र सोही ठाउँका दीपक कार्की रहेका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । चोरी गरेर काठमाडाैंबाट बस चढेर पूर्वतर्फ जाँदै गरेका उनीहरुलाई भरतपुरको हुलाक चोकबाट आज बिहान पक्राउ गरिएको हो ।

दुवैजना काठमाडाैं महानगरपालिका– ३२ तीन कुने गैरीगाउँस्थित विवेक अधिकारीको घरबाट गत जेठ २४ गते रु ५० हजार, मोबाइललगायत इलेक्ट्रोनिक सामान चोरी गरेर फरार भएका थिए । उनीहरुको पिछा गर्दै चितवन आइपुगेका अधिकारीले प्रहरीलाई खबर गरेपछि दुवैजनालाई पक्राउ गर्न सकिएको हो ।

दुवैजनालाई कारबाहीका लागि आजै काठमाडौँ पठाइने प्रहरीले जनाएको छ ।

विशेष