नेपाल र यमनबीचको खेल बराबरी, नेपालले पायो एक अंक

नेपाल र यमनबीचको खेल बराबरी, नेपालले पायो एक अंक

जेठ – ३० । नेपालले यमनसँग बराबरीमा चित्त बुझाएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानामा भएको खेलमा दुबै टिमले ९० मिनेटमा गोल गर्न नसकी बरारबरीमा चित्त बुझाएका हुन् ।

एएफसी एसियन कप २०१९ छनोट प्रतियोगितामा आजको खेल बराबरीमा रोकिएपनि एक अंक जोडन् सफल भएको छ । एसियन कप छनौटमा समूह ‘एफ’ मा रहेको नेपालको यो दोस्रो खेल हो । गएको मार्च २८ मा भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो ।

फिलिपिन्ससँग खराब प्रदर्शन गरेको नेपालले यमनसँगको खेलमा कमजोरी सुधार गर्दै कडा टक्कर दिएको थियो । आजको खेलमा नेपाल र यमनका खेलाडीले केही राम्रा अवसर पाए पनि खेर फालेका थिए ।

अव नेपाल सेप्टेम्बर ५ मा ताजिकिस्तानसँग घरेलु मैदानमा खेल्ने छ भने अक्टोबर १० मा ताजिकिस्तानसँग उसैको घरेलु मैदानमा खेल्ने छ । त्यस्तै नोभेम्बर १४ मा फिलिपिन्ससँग घरेलु खेल्ने र आगामी वर्षको मार्च २७ गते यमनसँग उसैको घरलु मैदानमा प्रतिस्पर्धा गर्ने छ । छनोट खेल होम एण्ड अवेका आधारमा खेलिएको हो ।

संम्बधित खबर

विशेष