व्यापार

कृषकले पाए अलैँची सुकाउने भट्टी

कृषकले पाए अलैँची सुकाउने भट्टी


जेठ ३० । लमजुङका व्यावसायिक अलैँची कृषकले अलैँची सुकाउने आधुनिक भट्टी पाएका छन् । अलैँची व्यवसायी महासङ्घ लमजुङले जिल्लामा रहेका व्यावसायिक अलैँची कृषक समूहलाई २० वटा अलैँची सुकाउने भट्टी उपलब्ध गराएको हो ।

जिल्लाका विभिन्न स्थानका २० वटा अलैँची व्यवसायी समूहले अलैँची सुकाउने भट्टी पाएका हुन् । माग बढी भएकाले समूहगत रुपमा वितरण गरिएको अलँैची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

अध्यक्ष तामाङका अनुसार जाली, रड, धुवाँजाने पाइप, मेन ड्रम गरी प्रतिसेट रु ७२ हजारको अलँैची भट्टी वितरण गरिएको छ ।

नेपाल व्यापार एकीकृत रणनीति कार्यक्रम (नितिस)को सहयोगमा अलैँची व्यवसायी महासङ्घ लमजुङले कृषक समूहलाई अलैँची सुकाउने सुधारिएको आधुनिक भट्टी उपलब्ध गराएको हो ।

विशेष