News ताजा खबर

भक्तपुरमा सवारी दुर्घटना २ जनाको मृत्यु

भक्तपुरमा सवारी दुर्घटना २ जनाको मृत्यु


जेठ ३० । भक्तपुरको सुर्यबिनायक नगरपालिकास्थित चिलाउने घारीमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

२ जना घाईते भएका छन् । काठमाण्डौबाट सिन्धुपाल्चोक जादै गरेको बा २ ज २३५२ नम्बरको जीप गएराति सडकबाट १ सय ५० मिटर तल खसेको छ ।

दुर्घटनामा सिन्धुपाल्चोक बलेफिका ४० बर्षिय मान बहादुर तामाङ र जीप चालक सोही स्थानका २५ वर्षिय बुद्धि बहादुर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते २ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । तिब्र गतिका कारण अनियन्त्रित भएर जीप सडकबाट खसेको प्रहरीको अनुमान छ ।

विशेष