News

सितापाइलामा पुरिएर ३ जनाको मृत्यु

सितापाइलामा पुरिएर ३ जनाको मृत्यु


जेठ ३१ । सितापाइलामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने क्रममा पुरिएर तीनजना मजदुरको ज्यान गएको छ ।

आज बिहान २ बजे मेलम्ची खानेपानीको पाइप बिच्छ्याएर पर्ने क्रममा ढिस्को खसेर पुरिएपछि तीनजना मजदुरको ज्यान हो ।  मृत्यु हुनेमा पर्वतका शेरबहादुर केसी, सप्तरीका श्यामसुन्दर राम र सप्तरीकै सन्तोष दास छन् ।

ज्यान गुमाएकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको महानगरिय प्रहरीकार्यालयले जनाएको छ ।

विशेष