विदेश

उत्तर कोरियाबाट मुक्त अमेरिकी विद्यार्थी अमेरिका पुगे

उत्तर कोरियाबाट मुक्त अमेरिकी विद्यार्थी अमेरिका पुगे

 

जेठ - ३१ । उत्तर कोरियाको जेलमा रहेका एकजना अमेरिकी विद्यार्थीलाई उत्तर कोरियाले जेलमुक्त गरेलगत्तै बुधबार अमेरिका पुगेका छन् । उनलाई उत्तर कोरियाको एक अस्पतालमा कोमामा राखिएको थियो । उनको स्वास्थ्य अवस्था निकै जटिल भएको भन्दै मुक्तगर्न अमेरिकाले बारम्बार माग गर्दै आएको थियो ।

ओट्टो वारिम्बर नामका ती २२ वर्षीय विद्यार्थीलाई उत्तर कोरियाले आफ्नो देशका विरुद्धमा गुप्तचरको काम गरेको भन्दै पक्राउ गरी थुनामा राखेको थियो । पछि उनलाई १५ वर्षको श्रम शिवीर सजायँ सुनाइएको थियो । उनी शिवीरमा जबर्जस्ती काम गर्नुपर्ने भएपछि विरामी परेका थिए ।

बिरामी परेका उनलाई कोमामा भर्ना गरिएको थियो । उनको रिहाईका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आग्रह गरेका थिए । उनले आफ्ना नागरिकलाई रिहागरी आवश्यक वार्ताका लागि वासिङ्टन आउन चेतावानी पनि दिएका थिए । त्यसपछि उत्तर कोरियाले ती विद्यार्थीको रिहाइको प्रक्रिया सुरु गरेको बताइन्छ ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ती विद्यार्थीलाई सैनिक जहाजमार्फत बुधबार बिहान उनको निवासस्थान ओहायो पु¥याइएको जनाएको छ । एएफपी

विशेष