राजपाका कार्यकर्ताले मतदान अधिकृतलाई नियन्त्रण लिएपछि सेनाको गस्ती सुरू

राजपाका कार्यकर्ताले मतदान अधिकृतलाई नियन्त्रण लिएपछि सेनाको गस्ती सुरू

जेठ – ३१ । सप्तरी सदरमुकाम राजविराजमा नेपाली सेनाको गस्ती शुरु भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी(राजपा)का कार्यकर्ताहरुले सहायक मतदान अधिकृतलाई नियन्त्रणमा लिएर छोडेको केही समयपछि सेनाले गस्ती सुरु गरेको हो ।

राजपाका कार्यकर्ताले तालिममा सहभागी हुन पुगेका ५५ जना सहायक मतदान अधिकृतलाई नियन्त्रणमा लिएर एक घण्टापछि छोडिदिएका थिए । बुधबार बिहान ११ बजे राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजना हुने तालिममा सहभागी हुन पुगेका सहायक मतदान अधिकृतहरु राजपाको नियन्त्रणपछि तालिम नलिइ र्फिकिएका छन् ।

आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि मतदान अधिकृतहरुलाई निर्वाचनसम्बन्धी तालिम राखिएको थियो । राजपा कार्यकर्ताहरुले तालिममा कसैलाई पनि प्रवेश गर्न नदिएपछि तालिमसमेत स्थगित भएको छ । सो विद्यालयमा ७०० जनाको लागि तालिम सञ्चालन हुँदै थियो ।

संम्बधित खबर

विशेष