News

परराष्ट्रमन्त्री महरा र भारतीय राजदूत पुरीबीच भेटवार्ता 

परराष्ट्रमन्त्री महरा र भारतीय राजदूत पुरीबीच भेटवार्ता 

जेठ - ३१ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री महरा र भारतीय राजदूत पुरीबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई पक्षीय सम्बन्धलाई मजबुद बनाउने विषयमा छलफल भएको थियो

सो अवसरमा मन्त्री महराले नेपाल–भारतबीच रहिआएको असल सम्बन्ध आगामी दिनमा अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । भेटमा भारतीय राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो दिएकतो सो विषयप्रति विचार गरिदिन अनुरोध गरे।

जवाफमा परराष्ट्रमन्त्री महराले दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सिलसिलामा आफू भारत आउने प्रयास गर्ने बताए ।

त्यसैगरी राजदूत पुरीले आजै उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पनि भेटेका छन् । शिक्षा मन्त्रालयमा भएको भेटमा भारतले शिक्षा क्षेत्रमा सहयोग गर्ने विषयमा छलफल भएको थियो । राजदूत पुरीले आगामी दिनमा शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्न प्रतिवद्धता दिएको भारतीय दूतावसले जनाएको छ । 

विशेष