News

[अपडेट] कर्णालीमा बस खस्दा १० को मृत्यु, १८ घाइते, उद्धार जारी

[अपडेट] कर्णालीमा बस खस्दा १० को मृत्यु, १८ घाइते, उद्धार जारी

जेठ – ३१ । कर्णाली नदीमा बस खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा वढी घाइते भएका छन् । कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको बस दैलेखको आठबिस नगरपालिका ४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खेको हो ।

स्थानीयका अनुसार सात जना पुरुष, दुई महिला र एकजना बच्चाको मृत्यु भएको छ । मृत्यु भएका कसैको पनि सनाखत हुन सकेको छैन । घाइते भएका १८ जनाको दैलेखको स्थानीय अस्पतालमा उपचार भइरहेको दैलेख प्रहरी जनाएको छ ।

बुधबार दिउँसो करिव ३ बजे ना ४ ख २९९८ नम्बरको यात्रुबाहक बस कर्णाली नदीमा खसेको हो । बस सडकबाट करिब २ सय ५ मिटर तल नदीमा खसेको हो । घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिहेका छन् । दुर्घटनाको कारणभने खुल्न सकेको छैन ।

road accident

विशेष