News

[अपडेट] दैलेख बस दुर्घटनाः मृत्यु हुनेको संख्या ११ पुग्यो, गम्भीर घाइतेलाई सुर्खेत ल्याइदै

[अपडेट] दैलेख बस दुर्घटनाः मृत्यु हुनेको संख्या ११ पुग्यो, गम्भीर घाइतेलाई सुर्खेत ल्याइदै


जेठ – ३१ । कर्णाली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने १९ जना घाते भएका छन् । कालिकोटको जीतेगडाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस दैलेखको आठबिस नगरपालिका ४ को नैनाल सडक खण्डबाट कर्णाली नदीमा खसेको हो ।

बुधबार दिउँसो करिव ३ बजे ना ४ ख २९९८ नम्बरको यात्रुबाहक बस कर्णाली नदीमा खसेको हो । बस सडकबाट करिब २ सय ५ मिटर तल नदीमा खसेको बताइएको छ । बस दुर्घटनामा घाइते भएका मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको दैलेख प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाको सयुक्त टोलीले घाइतेको उद्धार गरिहेका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घाइतहरु बोल्न नसक्ने अवस्थामा रहेकाले कुनै प्रतिक्रिया नआउँदा दुर्घटनाको कारण खुल्न नसकेको हो ।

गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजाने प्रयास भइरहेको छ । भने अन्यलाई दैलेखका स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बसको चालकलाई जिल्ला प्रहरी कार्यालय दैलेखमा राखेर उपचार भएरहेको छ ।

विशेष