News अर्थ

संसद सचिवालयद्वारा सद्दे गाडी थन्क्याएर नयाँ खरिद

संसद सचिवालयद्वारा सद्दे गाडी थन्क्याएर नयाँ खरिद

जेठ ३१ । व्यवस्थापिका संसद सचिवालयले आफूसँग भएको सद्दे सवारी साधन बिग्रिएको देखाएर १८ वटा नयाँ किनेको छ ।

यसबाट राज्यलाई अनावश्यक करोडौं रुपैयाँको भार परेको छ । सचिवालय परिसरमा सयभन्दा बढी सवारी साधन त्यत्तिकै थन्किएर राखिएको देखिन्छ । ती गाडी सबैजसो प्रयोग गर्न योग्य भए पनि सचिवालयले नयाँ किन्न कै लागि ‘बिग्रिएका’ भन्दै प्रयोग नगरेको हो ।

लामो समयसम्म प्रयोग नगरी थन्क्याएर राख्दा केही गाडी मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । आफूसँग भएका गाडी प्रयोग ल्याउन छाडेर सचिवालयले १८ वटा नयाँ खरिद गरेको हो ।

खरिद गरिएका १८ गाडीमध्ये १२ स्कारपियो जिप शनिबार र तीनवटा ह्याच ब्याक कार सोमबार सचिवालयमा ल्याइएको छ । बाँकी तीनवटा कार पनि मंगलबार ल्याइयो ।

नागरिक

विशेष