News

२ नम्बर प्रदेशको चुनाव अजोज २ मा

२ नम्बर प्रदेशको चुनाव अजोज २ मा

असार – १ । दुई नम्बर प्रदेशमा तेस्रो चरणमा निर्वाचन हुने भएको छ । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी (राजपा)बीच दुई नम्बर प्रदेशबाहेक अरु तीन प्रदेशमा साविकै मितिमा निर्वाचन गराउन सहमति भएको हो ।

अर्को मिति असोज २ गतेलाई तोकिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सत्तारुढ दलका शीर्ष नेता र राजपाका नेताहरुको विहीबारको बैठकले सो निर्णय गरेको हो । योसँगै आगामी १४ गते निर्वाचन हुने तीन वटा १, ५ र ७ प्रदेशका लागि भोलि हुने मनोनयन पनि दुई दिन पर सारिने भएको छ । राजपाका केही माग सम्बोधन गराउन सत्तारुढ दलका नेताहरुले छलफल गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहभागी थिए । बैठकमा राजपाका अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी, महेन्द्र यादवलगायतका नेता सहभागी थिए ।

विशेष