News

एक पुरुषसहित चार महिला उपप्रमुखमा भिड्दै

एक पुरुषसहित चार महिला उपप्रमुखमा भिड्दै

 

असार - १ । मेचीनगरको उपप्रमुखमा मा अहिलेसम्म चार महिला र एक पुरुष चुनावी मैदानमा उत्रिएका छन् । दोस्रो संविधानसभा चुनावको आधारमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपा यस नगरका ठूला राजनीतिक प्रतिस्पर्धी देखिएका छन् ।

उपप्रमुखका लागि एमालेबाट मीना पोखरेल उप्रेती, काँग्रेसबाट दुर्गा खतिवडा, माओवादीबाट इन्दिरा कार्की र राप्रपाबाट सविना बजगार्इं, सङ्घीय समाजवादीबाट अग्निमाया मेचे र नयाँ शक्ति पार्टीबाट गोकुल हुमागार्इं यसपटकको स्थानीय तहको चुनावमा प्रतिस्पर्धी बनेका छन् । उपप्रमुखको जिम्मेवारीमा न्यायिक फाँट पर्ने भएकाले आफूले त्यो दायित्व कुशलतापूर्वक निर्वाह गर्न सक्ने एमालेकी मीना उप्रेतीको जिकिर छ ।

उनले भने – “जितेर गएपछि म महिलालाई न्यायमा पहुँच पु¥याउन वडाहरुमा छुट्टै कानुनी सहायता पु¥याउने डेस्क राख्ने छु ।”

काँग्रेसकी बाट उपप्रमुखको उम्मेदवार खतिवडाले सहकारी तथा सङ्घसंस्थाको माध्यमबाट धेरै असहाय र गरिब दुःखीका लागि जीविकोपार्जनको माध्यम बनाइदिन आफूले भूमिका खेलेकाले त्यही कारणले आफू चुनावमा विजय बन्न सहज हुने बताए।

माओवादीकी उम्मेदवार कार्कीले चुनाव जितेमा महिलाको क्षेत्रमा छुट्याइएको बजेटलाई व्यवस्थित गरी महिलाकै सशक्तीकरण र उत्थानका लागि खर्च गर्ने आफ्नो योजना रहेको चर्चा गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार बजगाईले हिन्दू राज्य र संवैधानिक राजतन्त्रको मुद्दा बोके पनिस्थानीय तहमा विकास निर्माण नै मूल मुद्दा बन्ने उल्लेख गरे ।

त्यसैगरी, सङ्घीय समाजवादी फोरमकी उम्मेदवार मेचेले सधैँ पछाडि पारिएको आदिवासी जनजाति समुदायको मुद्दाको पहिचान गरी उनीहरुलाई न्यायको पहुँचमा पु¥याउनका लागि आफूले उम्मेदवारी दिएको बताए ।

नयाँ शक्ति पार्टीका तर्फबाट मेचीनगरको उपप्रमुख पदका पुरुष उम्मेदवार हुमागार्इंले भने “अरु पार्टीले उपप्रमुखमा मात्र महिलालाई स्थान दिए तर नयाँ शक्तिले प्रमुखमै महिलालाई अवसर दिएको छ ।”

विशेष