News

प्रमुख आयुक्त यादवले भने 'सरकारको निर्णयप्रति हामी खुशी छैनौँ'

प्रमुख आयुक्त यादवले भने 'सरकारको निर्णयप्रति हामी खुशी छैनौँ'

असार – १ । दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सरकारको निर्णयप्रति निर्वाचन आयोग वेखुश देखिएको छ । निर्वाचन सार्ने निर्णबारे छलफलका लागि सिंहदरबार बोलाइएका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले वेखुशी व्यक्त गरे ।

प्रमुख आयुक्त यादवले भने 'निर्वाचन मिति सार्ने सरकारको निर्णयप्रति हामी खुशी छैनौँ ।' सरकारले निर्वाचन आयोगसँगको परामर्श पछि निर्वाचन आयोगका प्रमुख अायुक्तले सो अभिव्यक्ति दिएका हुन्

सत्तारुढ दलहरु र राजपासँग भएको सहमतिपछि विहीबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले असोज २ का लागि नयाँ मिति तोकेको छ । १, ५ र ७ नम्बर प्रदेशमा १४ असारमै निर्वाचन हुन छ । राजपालाई सजिलो बनाउन सरकारले उमेदवारी मनोनयन दर्ताको मिति दुई दिन सारेर ४ असारमा गर्न निर्वाचन आयोगलाई प्रस्ताव गरेको छ ।

विशेष