विदेश

लण्डन आगलागीमा मत्यु हुनेको सङ्ख्या १७ पुग्यो, ३५ वेपत्ता

लण्डन आगलागीमा मत्यु हुनेको सङ्ख्या १७ पुग्यो, ३५ वेपत्ता

 

असार - १ । एक जना चर्चित फोटोग्राफर, ६ महिने एउटा बच्चा र इटालीका चित्रकारको एउटा जोडी सहित दर्जनौं व्यक्तिहरु लण्डनको २४–तले भवनमा लागेको आगलागीमा परी हराइरहेका छन् ।

घटनामा परी अहिले सम्म कम्तिमा १७ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेकोे छ भने मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने प्रहरी अधिकारीले बताएका छन् । बुधबार बिहानीपख २४ तले ग्रेनफेल टावरमा लागेकोे आगलागीका कारण झण्डै ३५ जना अझै हराई रहेका विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालले जनाएका छन् ।

फाराह हाम्दान, उनको श्रीमान् ओमार बेल्काडी र उनहरुको छ महिने छोरीका बारेमा अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको फाराहका बुबा रकिअले बताए । “हामी सवै अस्पतालमा छौं, हामीले सवै समय उनीहरुलाई खोजिरहेका छौं, तर अहिले सम्म पनि उनीहरुलाई पाउन सकिरहेका छैनौं,” उनले भने ।
उनको छ बर्ष र १० बर्षका अरु छोरीहरु पनि रहेका छन् तर उनीहरुलाई अस्पतालमै भेटिएको छ ।

घटनामा परी बेपत्ता भएका मध्ये २७ बर्षिय माक्रो गोर्टाडी र ग्लोरी ट्रेभिसानको इटालीको एउटा जोडी पनि रहेको छ । उनीहरुको मृत्यु नै भएको हुन सक्ने उनीहरुको आफन्तले अनुमान गरेका छन् । उनीहरु चित्रकार थिए । गत तीन हप्ता अगाडी मात्रै उनीहरु लण्डन आएको आफन्तहरुको भनाई छ ।

“आगलागीमा परी हाम्रो देशका दुई जना नागरिक बेपत्ता भएका छन्,” इटालीको विदेश मन्त्रालयका अधिकारीहरुले एएफपीसँग भनेका छन् । इटालीको एउटा समाचारपत्रले लेखेको छ, “गोर्टाडीले आफ्नो बुबासँग कुराकानी गरिरहेका बेला धुवा बढ्दै गइरहेको बताएका थिए, त्यही बेला फोन सम्पर्क विच्छेद भयो । ” पत्रिकाले त्यो जोडीे भवनको २३औ तलामा बस्ने गरेको पनि उल्लेख गरेको छ ।

आवासीय भवनमा आगलागीमा परी दर्जनौँ घाइते भएका र ५० व्यक्तिलाई उपचारार्थ अस्पताल लगिएको छ । उद्वारकार्य जारी रहेको र सो भवनभित्र करिब २०० जनाले बसोबास गर्दै आएको अनुमान गरिएको छ, तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बसोबास गर्ने व्यक्तिको सङ्या २०० भन्दा बढी रहेको थियो ।

प्रहरीका अनुसार सयौँको सङ्रख्यामा बसोबास गरिरहेका कैयौँ व्यक्ति थुनिएर रहेको आशङ्का गर्दै १०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ ।आगलागीको कारण अझै प्रष्ट नभएको र अनुसन्धान जारी रहेको जनाइएको छ । एएफपी

विशेष