News

माछा मार्न जाँदा करेन्ट लागेर २ जनाको मृत्यु

माछा मार्न जाँदा करेन्ट लागेर २ जनाको मृत्यु


असार १ । वीरेन्द्रनगर–३ तातोपानीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

पतेनी नजिक रहेको माछापालन केन्द्रको पोखरीमा माछा मार्न जाने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिका–५, कालीकोट का २७ वर्षीय भीमबहादुर शाही र रामेछाप दोरम्बाका २६ वर्षीय पासाङ लामा रहेकाछन् ।

पोखरीमा जाने फलामको भ¥याङ्गमा हिँडिरहेका बेला उक्त माछापालनमा कार्यरत भीमबहादुर शाहीलाई करेन्ट लागेको थियो । भ¥याङ्गमै करेन्ट लागेर भुईमा खसेपछि उसकै साथी पासाङ लामा उद्धारका लागि जाँदा उसलाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका शाही र लामाको उपचारका क्रममा मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा मृत्यु भएको हो । छ

विशेष