News अपराध सुरक्षा

आतंकवादीको आगमन रोक्न त्रिभुवन विमानस्थल र नाकामा बायोमेट्रिक्स प्रणाली

आतंकवादीको आगमन रोक्न त्रिभुवन विमानस्थल र नाकामा बायोमेट्रिक्स प्रणाली

असार १ । नेपालमा सम्भावित आतंककारीको आवागमन र चुनौती रोक्न अन्तर्राष्ट्रिय विमानस्थल लगायत अध्यागमन नाकामा बायोमेट्रिक्ससहित अमेरिकी सफ्टवेयर प्रणाली जोडिने भएको छ ।

अध्यागमन प्रणालीको स्तरोन्नति गर्दै आतंकवादीको आवागमन नियन्त्रण गर्न नेपाल र अमेरिकाबीचको ‘जी टु जी’ कार्यक्रम अन्तर्गत ‘पाइसेज’ नामको सफ्टवेयर प्रणाली लागू हुन लागेको हो ।

पाइसेजको मुख्य उद्देश्य आतंककारीको आवागमन रोक्नु र शंकास्पद सूचीमा रहेकामाथि निगरानी गर्नु हो ।

सफ्टवेयर प्रयोगमा आएपछि सबै सूचनामा आफ्नो पहुँच हुनुपर्ने अमेरिकी दूतावासको प्रस्तावलाई गृहमन्त्रालयले अस्वीकार गरेको छ । आतंककारी क्रियाकलापमा संलग्न भएका र आतंकवादी भनि आशंका गरिएका व्यक्तिकोमात्र सूचना अमेरिकासँग आदानप्रदान गरिने गृहस्रोतले जनायो ।

अन्नपूर्ण पोस्ट

विशेष