News मुख्य समाचार

कक्षा ११ परीक्षा आजबाट सुरु

कक्षा ११ परीक्षा आजबाट सुरु


कक्षा ११ को परीक्षा आज सुरु भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यसलाई माध्यमिक उर्तिण अन्र्तगतको परीक्षा मानेको छ । परीक्षामा सम्बन्धन प्राप्त तीन हजार ७ सय ६५ विद्यालयका कुल चार लाख ४९ हजार ५४ बिद्यार्थी सहभागी भएका छन् ।

जसमध्ये २ लाख ११ हजार ६ सय १ छात्र र २ लाख ३७ हजार ३ सय ७३ छात्रा परीक्षार्थी छन् । परीक्षामा नियमिततर्फ ३ लाख ४ हजार ६० र आंशिकतर्फ १ लाख ९ सय ९४ विद्यार्थी छन् । परीक्षाका लागि कुल ९ सय ९३ केन्द्र तोकिएका छन् ।

काठमाण्डौ उपत्यकामा मात्रै १ सय ११ परीक्षा केन्द्र तोकिएको छ । पहिलो दिन आज अग्रेजी बिषयको परिक्षा भइरहेको छ ।

तराईका केही जिल्लामा बन्द हड्ताल लगायतका गतिविधि जारी रहेको तर्फ संकेत गर्दै बोर्डले परीक्षाको समयमा बन्द हड्ताल लगायतका विद्यार्थीको मनोविज्ञानमा असर पर्ने कार्य नगराउन आग्रह गरेको हो ।

विशेष