News

मोरङका ३ सय मध्ये ६५ मतदानस्थल अतिसंवेदनशील

मोरङका ३ सय मध्ये ६५ मतदानस्थल अतिसंवेदनशील

असार – २ । मोरङलाई सुरक्षाको दृष्टिकोणले ३ सय मतदानस्थललाई तीनमा तहमा विभाजन गरिएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई मजबुत बनाउन तीन तहमा विभाजन गरिएको हो ।

तीन तह मध्येका ६५ मतदानस्थल अतिसंवेदनशील रहेको शुक्रबार बसेको सुरक्षा समितिको बैठकले जनाएको छ । १४४ मतदानस्थल संवेदनशील र ८१ मतदानस्थल सामान्य रहेको जनाइएको छ ।

निर्वाचनलक्षित सुरक्षा व्यवस्थालाई मजबुत् बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा व्यवस्था मिलाइएको निमित प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले जानकारी दिए । निमिति प्रमुख जिल्ला अधिकारी पौडेलले निर्वाचन बहिस्कार गर्ने पार्टी, निर्वाचनविरोधी गतिविधि गर्ने समूह र खुल्ला सीमाका कारण हुनसक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गीकरण गरिएको बताए ।

मोरङमा कुल ६ सय ५९ मतदान केन्द्र र तीन सय मतदानस्थल तय गरिएको छ भने ५ लाख १४ हजार ६ सय १८ मतदाता छन् ।

विशेष