विदेश

भेनेजुयला अन्दोलनमा मर्नेको संख्या बहत्तर पुग्योे

भेनेजुयला अन्दोलनमा मर्नेको संख्या बहत्तर पुग्योे

 

असार - २ । भेनेजुयलामा भईरहेको आन्दोलनमा मृत्यु हुनेहरुको सङ्ख्या बढेर ७२ पुगेको छ ।

बिहीबार थप दुई जनाको मृत्यु भएपछि मृत्यु हुनेहरुको संख्या ७२ पुगेको अधिकारीहरुले जनाएका छन् । बिहीबार मृत्यु हुने दुवैजना २० बर्षका युवा रहेका बताइएको छ ।

भेनेजुयलामा झण्डै दुई महिना देखि देशभर सरकार विरोधी आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा एक हजार भन्दा बढी घाइते भएका छन् भने झण्डै तीन हजार जना गिरफ्तार भएका छन् ।

प्रदर्शनका क्रममा बिहीबार मारिएका पश्चिमी शहरका विद्यार्थी जोस पेरेजलाई अनुहारमा गोली लागेको विषयमा अनुसन्धान भइरहेको आन्दोलनकारीहरुले जनाएका छन् ।

मोटरसाईकलमा आएका सरकार समर्थक विद्यार्थीहरुको भीडले झण्डै ४० राउण्ड गोली प्रहार गरेको स्थानीय परिषद्का अध्यक्ष वाल्टर चाकोनले बताए ।

अर्को घटना उत्तरपश्चिमी शहर माराकाइबोमा भएको थियो । त्यस घटनामा लुई भेराको मृत्यु भएको र घटनाको अनुसन्धान भइरहेको सार्वजनिक मन्त्रीले जानकारी दिएका छन् ।

प्रदर्शन भइरहेको स्थानमा भेरामाथि गोली प्रहार भएको थियो । ३७ बर्षीय आक्रमणकारीलाई पक्राउ गरिसकिएको र कारबाहीको प्रक्रिया थप अगाडी बढाइने भएको छ ।

राष्ट्रपति निकोलस मादुरो विरुद्धको प्रदर्शन झण्डै अप्रिल १ तारिख देखि सुरु भएको हो । नयाँ निर्वाचन गर्नुपर्ने र राष्ट्रपति मादुरोलाई हटाउनु पर्ने माग गर्दै भेनेजुयलामा आन्दोलन भइरहेको छ । एएफपी

विशेष