News मुख्य समाचार

एसइइको नतिजा आज सार्वजनिक हुने, यसरी हेर्नुस् नतिजा

एसइइको नतिजा आज सार्वजनिक हुने, यसरी हेर्नुस् नतिजा

असार २ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम एसइई को नतिजा अाज  सार्वजनिक गर्ने भएको छ।

एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान ८ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए । बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिए ।

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यसवर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा एसइईको यो पहिलो नतिजा हुनेछ ।  परीक्षामा देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए ।  कसरी हेर्ने नतिजारु एसइई परीक्षाको नतिजा एसएमएस, आइभीआर र विभिन्न वेबसाइटबाट हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

पनिकाले ८ वटा कम्पनीसँग एसएमएस तथा आइभीआरबाट नतिजा दिन सम्झौता गरेको छ भने १२ वटा वेबसाइटबाट नतिजा पाउन सकिने उसले जनाएको छ।

हेर्नुस् पनिकाको सूचनाः

विशेष