News मुख्य समाचार

यसवर्षको एसईईकोको रिजल्ट आयो

यसवर्षको एसईईकोको रिजल्ट आयो

असार २ । चैत महिनामा सञ्चालित माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शुक्रबार सार्वजनिक गरेको परीक्षाफल अनुसार १२ हजार २ सय ८४ परीक्षार्थी ए प्लसु जीपीए ३.६५ देखि ४.० सम्म० ग्रेडिङमा पर्न सफल भएका छन् ।

३.२ देखि ३.६ जीपीए ल्याउने परीक्षार्थी ४२ हजार ४ सय २७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ५० हजार ६ सय ४६ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने ६१ हजार ९ सय ५५ जना, २ देखि २।४ जीपीएसम्म ल्याउने ९१ हजार ३ सय १४ र १.६ देखि २.४ जीपीएसम्म ल्याउने परीक्षार्थी १ लाख ८ हजार ४ सय ६४ जना छन् । यसैगरी ६४ हजार ५ सय ७५ जनाले १.२५ देखि १.६० र ११ हजार २ सय ८५ जना परीक्षार्थीले ०.८५ देखि १.२० जीपीए ग्रेडिङ अंक प्राप्त गरेका छन् ।

२१९ जनाको परिक्षा रद्द गरिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । त्यसमध्ये २१६ जनाको एक-एक विषयको परीक्षा रद्द भएको छ भने ३ जनाको पूरै रद्द गरिएको छ । यसअघि एसएलसी नामले परिचित यस परीक्षालाई यही वर्षदेखि एसईईमा रुपान्तरण गरिएको हो ।

माध्यमिक शिक्षा कक्षा १२ सम्म कायम भएपछि १० कक्षाको परीक्षालाई एसईई भन्न थालिएको हो । दुई विषयसम्म न्यून ग्रेडिङ प्राप्त गरेर त्यसलाई बढाउन चाहने परीक्षार्थीहरुका लागि पूरक परीक्षा साउन १९ गतेबाट २६ गतेसम्म सञ्चालन हुने रेग्मीले जानकारी दिए ।

विशेष