News

मनिषा कोइराला बागमती सफाइ दुत मनोनीत

मनिषा कोइराला बागमती सफाइ दुत मनोनीत

असार २ । बागमती महाअभियानको सद्भावना दूतमा नायिका मनिषा कोइराला मनोनीत गरेको छ । सहरी विकास मन्त्रालयको प्रस्तावमा बागमती सफाइ महाअभियानको बिहीबार बसेको साप्ताहिक बैठकले कोइरालाको नाम अनुमोदन गरेको हो ।

असार २ । कोइराला आगामी शनिबार सञ्चालन हुने २१४ औं साताको सफाइ कार्यक्रममा सहभागी हुने जानकारी महाअभियानले दिएको छ । तत्कालीन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पदमा बहाल छँदै कोइरालालाई बागमती सफाइ अभियानको सद्भावना दूत मनोनीत गर्न प्रस्ताव गरेका थिए ।

२०७० जेठ ५ देखि सातामा एक पटक वाग्मती सफाइ हुँदै आएको छ ।

 

विशेष