विदेश

अमेरिकी नौसेनाको जहाज जापानी कन्टेनर जहाजसँग ठक्कर खाँदा ७ जलसेना वेपत्ता

अमेरिकी नौसेनाको जहाज जापानी कन्टेनर जहाजसँग ठक्कर खाँदा ७ जलसेना वेपत्ता

असार – ३ । जापानको व्यापारिक जहाजसँग अमेरिकी नौसेनाको जहाज ठक्कर खाँदा सात जना चालक दलका सदस्य हराएका छन् । दुर्घटना स्थानीय समयअनुसार २ बजेर ३० मिनेट जाँदा योकोसुकाको लगभग १०४ किलोमिटर उत्तरपश्चिममा भएको हो ।

यूएसएस फिजरल्डका उच्च अधिकारको निर्देशनमा घाइते भएकालाई हेलिकप्टरबाट अस्पतालमा पुर्याइको बीबीसीले जनाएको छ ।

दुर्घटनाबाट अमेरिकी नौसेनाको जहाज ठूलो क्षति पूगेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् । अमेरिकी नौसेनाको जहाजलाई ठक्कर दिने एसीएक्स क्रिस्टल, कन्टेनर जहाज जापानको नागोया र टोकियोको बीचमा यात्रा गरिरहेको थियो ।

सो जहाजले अचानको यू–टर्न लिएको २५ मिनेटपछि दुर्घटना भएको बताइएको छ । सो क्षेत्रमा फिजरल्डसहित अन्य ८० वटा सवमरिन (मानीमूनी चल्ने जहाज)हरु थिए । कन्टेनर किन अचान यू–टर्न लियो भन्ने अहिलेसम्म पुष्टि हुन नसकेको संचार माध्यमहरुले बताएका छन् ।

विशेष