विदेश

भारतीय राष्ट्रपतिद्वारा आम माफी दिन अस्विकार

भारतीय राष्ट्रपतिद्वारा आम माफी दिन अस्विकार

 

असार - ३ । भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो पाँच बर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० जना अपराधीलाई माफी दिन अस्विकार गरेका छन् । उनको कार्यकाल आउदो महिना सकिदैछ ।

पछिल्लो पटक मे महिनाको अन्तिम हप्ता राष्ट्रपति मुखर्जीले दुई जनालाई माफी दिन अस्विकार गरेका थिए । सो कुरा भारतीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् । उनले माफी दिन अस्विकार गर्नु भएकामध्ये एकजना चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियुक्त पनि थिए । इन्डोरको मध्यशहरमा भएको त्यो घटनामा उनीसँगै अरु तीन जना पनि संलग्न थिए ।

त्यसैगरी माफी नपाउने अर्का व्यक्ति भने सन् २००७ मा पश्चिमी शहर पुनेमा मानव हत्यामा संलग्न व्यक्ति हुन् । उल्लेखित दुई घटनामध्ये पहिलो घटनामा संलग्न तीन जना र दोस्रो घटनामा संलग्न दुई जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको छ । राष्ट्रपतिले उनीहरुको आममाफीको अपिल नसुनेपछि अब उनीहरलाई झुण्डाएर फासीको सजाय दिइने छ ।

राष्ट्रपतिबाट माफी पाउन अस्विकार भएका अरु २८ जना मध्ये एक जना मुम्बइमा सन् २००८ मा भएको नरसंहारमा संलग्न अजमाल अमिर कसाब पनि रहेका छन् । अव राष्ट्रपति मुखर्जीसमक्ष आममाफी नदिन गरिएका अपिलको सूची पनि छैन । उनको पुर्ववर्ती प्रतिभा पाटीलले दोषी ठहर भएका ३४ जनालाई माफी दिनुभएको थियो । सिन्ह्वा

विशेष