News

काठमाडौं प्रवेश गर्ने सडकमा पहिरो

काठमाडौं प्रवेश गर्ने सडकमा पहिरो

असार–४ । नारायणगढ र मुग्लिनबीचको सडक खण्डमा पर्ने कालिखोलाभन्ने ठाउँमा पहिरो जाँदा आवतजावत अवरुद्ध भएको छ । आइतबार बिहान ३ बजेतिर पहिरो झरेपछि काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिर निस्केका सवारी साधानहरु रोकिएका छन् ।

पहिरो पन्छाउन आयोजनकै डोजरहरूले बिहानैबाट काम गरिरहेका छन् । आयोजनाले सडक निर्माणका लागि भन्दै बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म दैनिक ६ घण्टा सडक बन्द गराउदै आएको छ । तर आज भने पहिरोका कारण सडक अवरुद्ध भएकोले १० देखि ४ बजेसम्म यातायात बन्द नै गर्ने योजना नभएको यादव बताए ।
कालिखोला पहिरो जोखिम क्षेत्र हो । सुख्खायाममा समेत पहिरो खस्ने यो स्थानमा बर्षातको बेलामा झनै समस्या निम्ताउन सक्ने देखिन्छ ।
नारायणगढ मुग्लिन सडक बिस्तारको काम अहिले भैरहेको छ । पहिरोका कारण सडक अवरुद्ध हुँदा मुग्लिन तर्फबाट नारायणगढ आउन लागेका र नारायणगढ भएर काठमाण्डौं र पोखरालगायतका स्थानमा जाने सवारी साधानहरूको निकै ठूलो लाइन राजमार्गमा देखिएको छ ।

विशेष